
पोखरा, २६ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । देशभर आज थप ९ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ६ सय ४५ पुगेको छ ।
गत २४ घण्टामा मृत्यु हुनेमा २ महिला र ७ जना पुरुष रहेका छन् । मृतकमा महिलामा काठमाडौंका ७१ र चितवनका ४० वर्षीया गरी २ जना रहेका छन् ।
यस्तै पुरुषहरुमा सुनसरीका ३७, ८९ र ९० वर्षीय गरी ३ जना, काठमाडौंका ६३ र ६७ वर्षीय गरी २ जना, ललितपुरका ५० वर्षीय र रुपन्देही का ५७४ र्षीय गरी ७ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।