
पोखरा । गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य भएको छ ।
सोमवार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सोही सिफारिसका आधारमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले बर्खे अधिवेशन अन्त्य भएको पत्र संसद सचिवालयमा पठाएका हुन ।
जेठ ११ गते देखि शुरु भएको प्रदेश सभाको चालु अधिवेशनबाट १४ वटा विधेयक पारित भएका छन् ।
बजेट अधिवेशनको रुपमा चिनिने यस अधिवेशनले बजेटसँगै १४ विधेयक पनि पारित गरेको हो । हिउँदे अधिवेशनले पारित गर्न नसकेका विधेयक समेत यो अधिवेशनले पास गरेको हो । अधिवेशनका बीचमा काँग्रेसले सदनमा संकल्प प्रस्ताव दर्ता गरायो भने उक्त प्रस्ताव बहुमतबाट अस्वीकृत भएको थियो । केही दिन काँग्रेसले सदन अबरुद्ध समेत पारेका थिए ।

