पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ जना नयाँ संक्रमण, सबैभन्दा बढि राजधानीमा

-


     मर्दी न्युज    
     असाेज २७ गते २०७७ मा प्रकाशित


पोखरा, २७ असोज । पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलवार नेपालमा कुल संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ३८ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मंगलवारसम्म होम आइसोलेसनमा २० हजार ८ सय ६७ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १५ हजार ४८ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या ३५ हजार ९ सय १५ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १२ लाख ७ हजार ९१ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी मंगलवारसम्म क्वारेन्टाइनमा ४ हजार ७ सय ९५ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १ हजार ५ सय ३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ७८ हजार ७ सय ८० रहेको प्रवक्ता डा गौतमले बताए ।