
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
पुनर्गठित मन्त्रिपरिषदमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको जिम्मेवारी परिवर्तन गरिएको छ । पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ ।
रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।
त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
राष्ट्रिय सभाको दुई वर्षे पदावधिका कारण डा. युवराज खतिवडाको राजीनामापछि अर्थ मन्त्रालय रिक्त थियो । तत्कालिन मन्त्री गोकुलप्रसाद बास्कोटा र सहरी विकास मन्त्री मो. इस्तियाक राईको राजीनामापछि मन्त्रालयमा कार्यवाहक जिम्मेवारी दिइएको थियो ।


