
पोखरा । गण्डकी प्रदेशमा विहीबार बिहान थप ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले आज बिहानै प्रकाशित गरेको विज्ञप्तिका अनुसार बागलुङमा ५१ जना र कास्कीको पोखरा महानगरपालिकामा मात्र ३० जना संक्रमित थपिएका छन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा प्रदेशका ५ जिल्ला बागलुङमा ५१, कास्कीमा ३०, गोरखामा ७, नवलपुरमा ६ र लमजुङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार २ सय ८४ जना पुगेको छ ।