कर्मचारीलाई कोरोना देखिएपछि पोखरा महानगरका सेवा स्थगित

-


     मर्दी न्युज    
     असाेज २९ गते २०७७ मा प्रकाशित


पोखरा । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पोखरा महानगरपालिकाको सेवा अनिश्चितकालका लागि अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरिएको छ । मेयर मानबहादुर जिसीले बिहीवार सूचना निकालेर अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द रहने जानकारी दिएका हुन् ।

सूचनाअनुसार केही कर्मचारीमा भाइरस सङ्क्रमण देखिएको तथा अन्य केही कर्मचारी समेत कन्ट्याक्ट ट्रेसिङमा परेकाले आजदेखि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेवा अर्को सूचना जारी नभएसम्म बन्द गरिएको जानकारी दिए ।

महानगरबाट प्रदान गरिने सेवा बन्द भएपछि वडा कार्यालय तथा अन्य विषयगत कार्यालयको सेवा भने सुचारु रहेको जनाइएको छ । भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा केही दिनयता कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएको छ ।