
सन थापा
जापान । जापानमा बुधबार ५ सय ५१ जना कोरोना संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ । जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ९१ हजार ५ सय ३० जना पुगेको छ । जसमा ९० हजार ८ सय १८ जना जापानभित्र संक्रमित भएका हुन् भने ७ सय १२ जना योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु हुन् ।
त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित १ हजार ६ सय ५९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा टोकियो, खानागावा, ओकिनावामा दुई(दुई, ईबाराकी र नागानो प्रान्तमा एक–एकजना गरी आठ जनाको मृत्यु भएको छ ।
जापानभित्र संक्रमित भएका मध्ये ८३ हजार १ सय ५८ जना र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ जना गरी ८३ हजार ८ सय १७ जना संक्रमित निको भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
एनएचकेका अनुसार संक्रमितमध्ये ५ हजार १ सय ६२ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ५० जनाको अवस्था गम्भीर रहेको छ ।
बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २८ हजार १ सय ३६, ओसाकामा ११ हजार ३ सय १०, खानागावामा ७ हजार ६ सय ७८, आईचीमा ५ हजार ६ सय आठ, साईतामामा ५ हजार १ सय ७४, फुकुओकामा ५ हजार १ सय २५ जना पुगेको छ ।
त्यसैगरी चिबामा ४ हजार ३ सय ६२, ह्योगोमा २ हजार ९ सय ४६, ओकिनावामा २ हजार ७ सय ८७, होक्काईदोमा २ हजार ४ सय ३० र क्योतोमा १ हजार ८ सय ९८ जना पुगेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा १ सय ७७ जना र २० प्रान्तमा संक्रमण दर शून्य रह्यो ।