
पोखरा । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो अध्याबधिक बिबरण अनुसार प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
गण्डकी प्रदेशमा नयाँ गरी ५४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको पछिल्लो परीक्षणमा तनहुँका ६, नवलपुर पूर्बका १५, कास्कीका १९ र लमजुङका २, बाग्लुङका ७ र गोरखाका ४ पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिए।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा संक्रमित व्यक्तिहरुलाई आईसोलेसनमा ब्यबस्था गर्ने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिए।

