
फोटोः मनशान्त घिमिरे
पोखरा। अन्नपूर्ण संरक्षण क्षेत्र घान्द्रुकमा कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पर्यटन व्यवस्थापन उपसमिति घान्द्रुकले पर्यटकहरुलाई प्रवेश निषेध गरिएको छ ।
समितिका अध्यक्ष किसम गुरूङका अनुसार समितिले मंसिरको पहिलो हप्तासम्म पर्यटकहरुलाई प्रवेश नगराउने निर्णय गरेको छ । मंसिर पहिलो हप्तापछि कोभिड संक्रमणको अबस्था हेरि समितिले बैठक बसेर आवश्यक निर्णय लिइने अध्यक्ष गुरुङले जानकारी दिए ।