
पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशमा पछिल्लो अध्यावधिक विबरण अनुसार १४५ जना नयाँ कोरोना संक्रमित पुष्टी भएको छ जस अनुसार कुल संक्रमितको संख्या ५५०१ पुगेको छ ।
संक्रमित मध्ये ४७ जना पोखरा महानगरपालिका कास्कीका रहेका छन । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता डा. विनोद विन्दु शर्मा जानकारी दिनुभएको छ ।

