
पोखरा, ३० असोज । पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रवार नेपालमा कुल संक्रमितको संख्या १ लाख २६ हजार १ सय १७ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । शुक्रवारसम्म होम आइसोलेसनमा २५ हजार ४६ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १२ हजार ३ सय ३६ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या ३७ हजार ३ सय ८२ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३१ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १२ लाख ५४ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी शुक्रवारसम्म क्वारेन्टाइनमा ४ हजार ८ सय ८ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ३ हजार ५ सय २२ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ८८ हजार ४० रहेको प्रवक्ता डा. गौतमले बताए ।