
पोखरा । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहान जारी गरेको विवरण (पहिलो, दोस्रो र तेस्रो) अनुसार गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यो संख्या सँगै प्रदेशमा संक्रमणको संख्या ५७८६ पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा कास्कीका २४, गोरखाका १, वाग्लुङका ३, तनहुँका १०, लमजुङका १ र नवलपरासी पूर्वका १७ जना रहेका प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।

