
काठमाडौं मेडिकल कलेजबाट हाम्फालेका एक युवाको मृत्यु भएको छ।
सोलुखुम्बुका २६ वर्षीय रोशन खड्काले सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए । अस्पतालको तेस्रो तलाबाट सोमबार बिहान ८:४५ मा हाम्फालेका २६ वर्षीय उनी आइतबार साँझ अस्पताल भर्ना भएका थिए। उनको मानसिक सन्तुलन ठिक थिएन।
सोलुखुम्बुको जुगु गाउँपालिकाका ती युवा बानेश्वरमा बस्थे। उनले आफ्नो शरीरमा आगो लगाउने प्रयास गरेका थिए।
घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

