आज ३७९० जनामा कोरोना संक्रमित, उपत्यकामा स्थिति भयावह

-


     मर्दी न्युज    
     कार्तिक ३ गते २०७७ मा प्रकाशित


पोखरा, ३ कार्तिक । पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमवार नेपालमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । सोमवारसम्म होम आइसोलेसनमा २६ हजार ९ सय २० जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १३ हजार ८ सय ५१ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या ४० हजार ७ सय ७८ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ७ सय १४ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १३ लाख ९ हजार १ सय १८ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी सोमवारसम्म क्वारेन्टाइनमा ४ हजार ४ सय ७० जना रहेका छन् । पछिल्लो २४ घन्टामा २ हजार ३ सय ३५ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ९४ हजार ५ सय १ रहेको प्रवक्ता डा. गौतमले बताए ।