
सन थापा,
जापान । अक्टोवर १९
जापानमा सोमबार ३ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ९४ हजार २ सय ४५ जना पुगेको छ । जसमध्ये ९३ हजार ५ सय ३३ जना जापानभित्र संक्रमित भएका हुन् भने ७ सय १२ जना योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु हुन् ।
त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित १ हजार ६ सय ९० जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
पछिल्लो २४ घण्टामा क्योतो र ओईता प्रान्तमा एक-एक गरी दुईजनाको मृत्यु भएको हो ।
जापानभित्र संक्रमित भएका मध्ये ८५ हजार ९ सय ४१ जना र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ जना गरी ८६ हजार ६ सय जना संक्रमित निको भएका छन् ।
एनएचकेका अनुसार संक्रमितमध्ये ५ हजार ३ सय ७५ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २९ हजार ४६, ओसाकामा ११ हजार ५ सय ५५, खानागावामा ७ हजार ९ सय ६४, आईचीमा ५ हजार ७ सय १२, साईतामामा ५ हजार ३ सय ९०, फुकुओकामा ५ हजार १ सय ४६ जना पुगेको छ ।
त्यसैगरी चिबामा ४ हजार ५ सय ३३, ह्योगोमा ३ हजार १४, ओकिनावामा २ हजार ९ सय ५४, होक्काईदोमा २ हजार ५ सय ५९ र क्योतोमा १ हजार ९ सय ३१ जना पुगेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा ७८ जना र २४ प्रान्तमा संक्रमण दर शून्य रह्यो । टोकियोमा १२ दिनपछि १ सय जना भन्दा कम संक्रमित भएको हो ।

