पछिल्लो २४ घण्टामा ३०९३ कोरोनावाट संक्रमित २१०८ जना निको भई घर फर्के

-


     मर्दी न्युज    
     कार्तिक ४ गते २०७७ मा प्रकाशित


पोखरा, ४ कार्तिक । पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलवार नेपालमा कुल संक्रमितको संख्या १ लाख ३९ हजार एक सय २९ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मंगलवारसम्म होम आइसोलेसनमा २८ हजार १ सय ९६ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १३ हजार ५ सय ५९ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या ४१ हजार ७ सय ७५ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १ सय ६१ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १३ लाख १४ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी मंगलवारसम्म क्वारेन्टाइनमा ४ हजार २ सय २० जना रहेका छन् । पछिल्लो २४ घन्टामा २ हजार १ सय ८ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ९६ हजार ६ सय ९ रहेको प्रवक्ता डा. गौतमले बताए ।