आफ्नै काकाको हत्या गरी फरार रहेका १ जना पक्राउ

-


     मर्दी न्युज    
     कार्तिक ४ गते २०७७ मा प्रकाशित


पोखरा । जिल्ला प्रहरी कार्यालय कस्कीको प्रहरी टोलीले यही वैशाख २१ गते आफ्नै काका नाता पर्ने ५५ वर्षिय टंकबहादुर तामाङको हत्या गरी फरार रहेका १ जनालाई अन्तत्व यही कात्तिक २ गते जिल्ला लमजुङ मध्यनेपाल नगरपालिका वडा नं. २ सोतिपसल स्थित लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला ओखलढुंगा सुनकोशी गाउँपालिका वडा नं. ५ बान्द्रे स्थायी वतन भई लमजुङको सोतीपसल बस्ने ४६ वर्षिय ईन्द्रबहादुर तामाङ रहेका छन् ।

पक्राउ परेका उनले जिल्ला ओखलढुंगा सुनकोशी गाउँपालिका–५ स्थायी वतन भई पोखरा महानगरपालिका वडा नं. २० स्थित मजुवा बिसौना बिजयपुर कोट पर्यटकिय पैदल मार्ग निर्माणमा ज्याला मजदुरीको काम गर्दै आएका टंकबहादुर तामाङलाई संगै रक्सी र मासु खाई सामान्य विषयमा विवाद हुँदा हत्या गरी फरार रहेका थिए ।

पक्राउ परेका निज उपर थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाईएको छ ।