
सन थापा, जापान, अक्टोवर २० । जापानमा मंगलबार ४ सय ८३ जनामा कोरोना संक्रमण भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका संक्रमित यात्रु ७ सय १२ जना सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ९४ हजार ७ सय २७ जना पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा टोकियो, क्योतो र सिगा प्रान्तमा एक(एक गरी तीनजनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीक्रूजका १३ जना सहित १ हजार ६ सय ९३ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
जापानभित्र संक्रमित भएका मध्ये ८६ हजार ५ सय १३ जना र योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना गरी ८७ हजार १ सय ७२ जना संक्रमित निको भएका छन् ।
एनएचकेका अनुसार संक्रमितमध्ये ५ हजार १ सय ७४ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ४३ जनाको अवस्था गम्भीर रहेको छ ।
बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २९ हजार १ सय ८५, ओसाकामा ११ हजार ६ सय २०, खानागावामा ८ हजार ११, आईचीमा ५ हजार ७ सय २५, साईतामामा ५ हजार ४ सय २३, फुकुओकामा ५ हजार १ सय ५३ जना पुगेको छ ।
त्यसैगरी चिबामा ४ हजार ५ सय ७३, ह्योगोमा ३ हजार २८, ओकिनावामा २ हजार ९ सय ७५, होक्काईदोमा २ हजार ५ सय ९० र क्योतोमा १ हजार ९ सय ३४ जना पुगेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा १ सय ३९ जना र २२ प्रान्तमा संक्रमण दर शून्य रह्यो ।

