नेकपा प्रदेशसभा संसदीयदलका सचेतक र पार्टी सचिवलाई कोरोना संक्रमण

-


     मर्दी न्युज    
     कार्तिक ६ गते २०७७ मा प्रकाशित


नेकपा गण्डकी प्रदेशसभा संसदीयदलका सचेतक गायत्री गुरुङ र नेकपा कास्कीका सचिव बखानसिँह गुरुङ (आभास) कोरोना संक्रमित हुनुभएको छ । उहाँहरु दम्पती हुनुहुन्छ ।

सचिव गुरुङ कन्ट्याक्ट ट्रेसिकमा परि असोज ४ गते नमूना दिएकोमा हिजो दम्पतीकै रिपोर्ट पोजिटिभ आएको थियो । दुबै जना अहिले होम आइसोलेशनमा रहनुभएको छ र स्वास्थ्यमा कुनै समस्या नरहेको सम्बद्ध स्रोतले बतायो ।