कोरोना संक्रमितले क्यान्टिनमा नगद धरौटी गराउनुपर्ने

-


     मर्दी न्युज    
     कार्तिक ६ गते २०७७ मा प्रकाशित


नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्‍चिमाञ्‍चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमण भइ उपचाररत व्यक्तिहरु मध्ये नेपाल सरकारले तोकेको लक्षित वर्गबाहेक ले खानाका लागि क्यान्टिनमा रकम राख्नुपर्ने भएको छ ।

नेपाल सरकारले तोकेको निर्णयअनुसार भन्दै अस्पतालले यहि कात्तिक ४ गतेबाट लागु हुने गरी निर्देशक डा. अर्जुन आचार्यद्वारा हस्ताक्षरीत सूचनामा ब्यक्त गरिएको छ ।

यस्तो सुचनाले गर्दा अब सम्पूर्ण खर्च बिरामी स्वयंले व्यवहोर्नुपर्ने तथा बिरामीहरुको खाजा र खाना स्वयं व्यवस्थापन गर्नु पर्ने देखिएको छ ।