
पोखरा, ६ कार्तिक । पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहिवार नेपालमा कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ०९ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । बिहिवारसम्म होम आइसोलेसनमा ३१ हजार ५ सय ३८ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १३ हजार ३ सय ३९ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या ४४ हजार ८ सय ७७ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २ सय ५५ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १३ लाख ५० हजार १ सय ५२ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी बिहिवारसम्म क्वारेन्टाइनमा ३ हजार ७ सय ५१ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ३ हजार २ सय १५ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १ लाख २ हजार ८ सय २० रहेको प्रवक्ता डा. गौतमले बताए ।