
पोखरा, ७ कार्तिक । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार नेपालमा कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । शुक्रवारसम्म आइसोलेसनमा ४६ हजार ६ सय ९१ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या ४४ हजार ८ सय ७७ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ८ सय ६३ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १३ लाख ६७ हजार १६ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी शुक्रवारसम्म क्वारेन्टाइनमा ३ हजार ५ सय ९० जना रहेका छन् । पछिल्लो २४ घन्टामा २ हजार ६ सय ६८ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ रहेको प्रवक्ता डा. गौतमले बताए ।