
पोखरा, ८ कार्तिक । पछिल्लो २४ घण्टामा २ हजार २ सय २५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार नेपालमा कुल संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । शनिवारसम्म आइसोलेसनमा ४६ हजार ५७ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या ४६ हजार ५७ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८ सय ४६ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १३ लाख ८० हजार ८ सय ६२ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी शनिवारसम्म क्वारेन्टाइनमा ३ हजार ३ सय २२ जना रहेका छन् । पछिल्लो २४ घन्टामा २ हजार ८ सय ४६ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ रहेको प्रवक्ता डा. गौतमले बताए ।

