जापानमा थपिए ७३१ कोरोना संक्रमित, चार जनाको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक ८ गते २०७७ मा प्रकाशित


सन थापा, जापान, अक्टोवर २३ । जापानमा शनिबार ७ सय ३१ जना कोरोना संक्रमित थपिएका छन्। योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका संक्रमित यात्रु ७ सय १२ जना सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ९७ हजार ४ सय ३८ जना पुगेको छ ।

त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित १ हजार ७ सय २७ जना पुगेको छ । शनिबार खानागावामा दुई, ओसाका, साईतामा प्रान्तमा एक(एक गरी चार जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित जापानमा ८९ हजार ४ सय ४६ जना कोरोना संक्रमित निको भएका छन् ।

एनएचकेका अनुसार संक्रमितमध्ये ५ हजार ३ सय २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने १ सय ५५ जनाको अवस्था गम्भीर रहेको छ ।

बढी संक्रमित ११ प्रान्तहरू

राजधानी टोकियोमा संक्रमित संख्या २९ हजार ९ सय नौ, ओसाकामा ११ हजार ९ सय ७६, खानागावामा ८ हजार ३ सय सात, आईचीमा ५ हजार ८ सय ६५, साईतामामा ५ हजार ५ सय ९९, फुकुओकामा ५ हजार १ सय ७९ जना पुगेको छ ।

त्यसैगरी चिबामा ४ हजार ७ सय ६०, ह्योगोमा ३ हजार १ सय ३४, ओकिनावामा ३ हजार १ सय २६, होक्काईदोमा २ हजार ७ सय ६३ र क्योतोमा १ हजार ९ सय ७१ जना पुगेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा २ सय तीन जना र १८ प्रान्तमा संक्रमण दर शून्य रह्यो ।