
विगतका दशैंमा प्रधानमन्त्रीले मन्त्री, पार्टीका नेता, आफन्त र इष्टमित्र र शुभेच्छुकहरुलाई टीका लगाइदिने गरेपनि यसपाली भने कोरोना महामारीका कारण प्रधानमन्त्रीको दशैं परिवारमा सीमित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यलाई विजया दशमीको टीका लगाइदिएका छन्। कोरोनाको महामारीले गर्दा प्रधानमन्त्रीको दसैँ परिवारमै सीमित भएको हो।
प्रधाानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले प्रथम महिला श्रीमती राधिका शाक्यलाई बडा दसैँको टीका लगाइदिएको सामाजिक सञ्जालमार्फत जानकारी दिए। उनले प्रधानमन्त्रीले कोरोनाको महामारीका कारण दसैँ परिवारिक रुपमा मात्रै मनाउने घोषणा गरेको समेत स्मरण गराए।
‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला श्रीमती राधिका शाक्यलाई आज बडा दशैंको टीका लगाइदिनु भएको छ’, सल्लाहकार थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘यसपाली बडा दशैंलाई कोभिड–१९ का कारण पारिवारिक रूपमा मात्रै मनाउन प्रधानमन्त्रीले देशवासीका नाममा संबोधन गर्दै विशेष आग्रह गर्नुभएको विदितै छ।’