राष्ट्रपतिको हातबाट लगाए प्रधानमन्त्री ओलीले दसैँको टीका

-


     मर्दी न्युज    
     कार्तिक १० गते २०७७ मा प्रकाशित


प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बडा दसैँको टीका लगाएका छन्। प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिबाट दसैँको टीका र जमराको माला लगाइन् ।

सोमबार दिउँसो शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपतिका हातबाट टीका ग्रहण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् – ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीतल निवासमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट बडा दसैँको टीका ग्रहण गर्नुभएको छ। त्यस क्रममा राष्ट्रपतिज्यूले टीका र जमराको माला लगाइदिनु भएको छ ।’