एनएमएका महासचिब गुरुङ यूआइएएमा निर्वाचित

-


     मर्दी न्युज    
     कार्तिक ११ गते २०७७ मा प्रकाशित


पोखरा । अध्ययनशिल र स्पष्ट वक्ताको छबि बनाएका नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुङ पर्वतीय गतिबिधीहरु हुने विश्वभरका देशहरुका छाता संस्था विश्व क्लाईबिङ्ग एण्ड माउन्टेनीयरिङ्ग महासंघ (UIAA) को ब्यवस्थापन कमिटी सदस्यमा निर्वाचित हुनुभएको छ ।

यहि अक्टोबर महिनाको २३ र २४ तारीखमा सम्पन्न UIAA को भर्चुवल वेविनार बैठक द्धारा गुरुङ निर्वाचित भएको हुन् । सन् १९३२ मा फ्रान्समा स्थापित यस संस्थामा विश्वका विभिन्न ६८ वटा पर्वतीय मुलुकहरुका ९२ वटा संस्थाहरु आबद्ध छन् । चार वर्षको कार्यअबधि हुने यस संस्थाको हालका अध्यक्षमा क्यानडाका पिटर मुयर निर्वाचित भएका छन् ।

पर्वतीय पर्यटनमा क्षेत्रमा लामो समय विताएका र टानका पूर्व उपाध्यक्ष समेत रहेका गुरुङ गणेश हिमाल क्षेत्रको पर्यटन विकाशका अभियन्ता समेत हुन् ।

नेपाल पर्वतारोहण संघको ४७ वर्षे इतिहासमा नेपालले यस्तो अवसर दोस्रो पटक पाएकोले यसलाई एतिहासिक उपलब्धीको रुपमा लिइनुपर्ने यस क्षेत्रका विज्ञहरु वताउँछन् । यस अघि पूर्व अध्यक्ष जिम्बा जाम्बु शेर्पा यस पदमा चुनिनु भएको थियो ।