
काठमाडौं । भारतको विहारमा विधानसभा चुनावको पहिलो चरणको मतदान सुरू भएको छ । कोरोना महामारीका बीचमा विहारमा मतदान सुरू भएको बीबीसीले जनाएको छ ।
२४३ सिट रहेको विहार विधानसभामा दुईवटा गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिलो चरणमा बिहारका १६ जिल्लाको कूल ७१ सिटमा मतदान भइरहेको बीबीसीले जनाएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको गठबन्धन (एनडीए) का तर्फबाट नितिशकुमारको पार्टी जनता दल युनाइटेड (जेडीयू) ३५ सिट, भारतीय जनता पार्टी (बीजेपी) २९, जितनराम माझीको हमएस ६ र मुकेश सहनीको भीआईपी एक सिटका लागि चुनावी मैदानमा छन्। यस्तै राष्ट्रिय जनता दल (आरजेडी) ४२, कंग्रेस २१ र सीपीआईएमएल ८ सिटमा प्रतिस्पर्धा गर्दै छन्।
खासगरी नीतिश कुमारको नेतृत्वमा रहेको एनडीए र तेजस्वीको नेतृत्वमा रहेको गठबन्धनबीच प्रतिष्पर्धा रहेको बीबीसीले आफ्नो समाचारमा जनाएको छ ।

