आज १९५४ जना नयाँ संक्रमित, २९८१ जना संक्रमण मुक्त

-


     मर्दी न्युज    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित


पोखरा, १२ कार्तिक । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार नेपालमा कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । बुधवारसम्म संस्थागत आइसोलेसनमा ७ हजार ७ सय ९ जना रहेको प्रवक्ता गौतमले बताए । यसैगरि होम आइसोलेसनमा ३१ हजार ९ सय ३४ जना रहेका छन् । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या ३९हजार ६ सय ४३ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८१ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १४ लाख ९ हजार २ सय ९५ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी बुधवारसम्म क्वारेन्टाइनमा २ हजार ८ सय ८९ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा हजार २ सय ९ सय ८१ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ रहेको प्रवक्ता डा. गौतमले बताए ।