
फ्रान्समा दोस्रोपटक देशव्यापी लकडाउन घोषणा गरिएको छ । शुक्रबारबाट लागू हुने गरी त्यहाँका राष्ट्रपति इमानुएल म्याक्रोंले लकडाउन घोणा गरेको बीबीसीले उल्लेख गरेका छन ।
लकडाउन कम्तीमा नोभेम्बर भर रहने छन् ।लकडाउन अवधिमा एकदमै जरुरी परे मात्र घरबाट बाहिर निस्किन पाउने छन्। रेस्टुरेन्ट एवं बारजस्ता अति आवश्यक नपर्ने व्यवसाय बन्द रहनेछन् भने स्कुल र उद्योगजस्ता गतिविधि खुलै राखिनेछ।
फ्रान्समा कोरोना संक्रमणका कारण हुने मृत्युदर अप्रिलयता सबैभन्दा उच्च भएको छ। मंगलबार मात्र त्यहाँ ३३ हजार जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ।
बुधवार राष्ट्रका नाममा सम्बोधन गर्दै माक्रोँले महामारीको वेगलाई बढ्न नदिन फ्रान्सले अब ‘निर्मम तरिकाले ब्रेक’ लगाउनुपर्ने बताएका छन् । राष्ट्रपति म्याक्रोंले भने, ‘कोरोना महामारीको दोस्रो लहर सुरु भएको छ, यो पहिलोभन्दा निकै खतरनाक हुनेमा शंका छैन।’
यसअघि फ्रान्समा मार्चमा पहिलोपटक लकडाउन गरिएको थियो भने त्यस बेला दुई महिना लकडाउन लागू गरिएको थियो।

