आज २३६४ जनामा कोरोना संक्रमण पुष्टी, हाल सम्म १२४८६२ जना निको भई घर फर्के

-


     मर्दी न्युज    
     कार्तिक १३ गते २०७७ मा प्रकाशित


पोखरा, १३ कार्तिक । पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहिबार नेपालमा कुल संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । बिहिवारसम्म आइसोलेसनमा ३८ हजार ९ सय ५२ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या ३८ हजार ९ सय ५२ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७ सय ६९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १४ लाख १९ हजार ६४ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी बिहिवारसम्म क्वारेन्टाइनमा २ हजार ६ सय ८९ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा ३ हजार ३८ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ रहेको प्रवक्ता डा. गौतमले बताए ।