
सन थापा, जापान, अक्टोवर २९ । जापानमा कोरोना संक्रमितको संख्या १ लाख ५ सय १६ जना पुगेको छ । जापानभित्र संक्रमित ९९ हजार ८ सय चार जना हुन् भने ७ सय १२ जना योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका संक्रमित यात्रु हुन् ।
बिहीबार ८ सय नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित १ हजार ७ सय ६१ जना पुगेको छ । आज खानागावामा तीन, टोकियो र ओकिनाामा दुई, ओसाका, ह्योगो र फुकुयामा प्रान्तमा एक(एक गरी १० जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित जापानमा ९१ हजार ९ सय ८१ जना कोरोना संक्रमित निको भएका छन् ।
एनएचकेका अनुसार संक्रमितमध्ये ५ हजार ६ सय ४२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने १ सय ६१ जनाको अवस्था गम्भीर रहेको छ ।
बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या ३० हजार ६ सय ७७, ओसाकामा १२ हजार ४ सय ७३, खानागावामा ८ हजार ५ सय ८७, आईचीमा ६ हजार ९१, साईतामामा ५ हजार ७ सय ६२, फुकुओकामा ५ हजार २ सय सात जना पुगेको छ ।
त्यसैगरी चिबामा ४ हजार ९ सय ४८, ओकिनावामा ३ हजार २ सय ७७, ह्योगोमा ३ हजार २ सय तीन, होक्काईदोमा २ हजार ९ सय ८६ र क्योतोमा २ हजार १४ जना पुगेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा २ सय २१जना र १९ प्रान्तमा संक्रमण दर शून्य रह्यो ।