
पोखरा । पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको ९ हजार २७९ पीसीआर परीक्षण गर्दा ९७६ महिला र १५३२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । तीमध्ये १ लाख ३१ हजार २२२ जना संक्रमणमुक्त भएका छन् भने ९३७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिवारसम्म देशभर ३८ हजार ५८४ संक्रिय संक्रमित छन्, जसमध्ये ३१ हजार ८ जना होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २९६ जनाको आईसीयू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

