पोखरामा कोरोनाले ६२ वर्षीया महिलाको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक १५ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा । गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. ९ की ६२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।

कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएर आईसियुमा उपचाररत रहेकी महिलाको आज बिहान ८ बजे निधन भएको अस्पतालले जनाएको छ । मृतक महिलामा कोरोनासहित निमोनिया, मधुमेहको समस्या थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।