
पोखरा । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको १३ हजार ५३ पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ । तीमध्ये १ लाख ३४ हजार ८ सय ४२ जना संक्रमणमुक्त भएका छन् भने ९६० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबारसम्म देशभर ३७ हजार ७ सय ६५ जना संक्रिय संक्रमित छन्, जसमध्ये ३० हजार ९ सय ८६ जना होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २८३ जनाको आईसीयू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।