
पर्यटन क्षेत्रको अग्रणी संस्था नेपाल पर्वतारोहण संघको स्थापना भएको ४७ बर्ष पुगेको उपलक्ष्यमा पोखरामा पनि एक कार्यक्रम गरि मनाइएको छ।
सन १९७३ नोभेम्बर १ तारीखका दिन स्थापित नेपाल पर्वतारोहण संघको संस्थापक अध्यक्ष स्व. कुमार खड्क बिक्रम शाह हुनुहुन्थ्यो।
हिमाल आरोहण गर्ने शाहसिक गतिविधिको लागि नेपाल बिश्वमै अब्बल गन्तव्यको रूपमा लिइन्छ। त्यस्तै बिश्व प्रसिद्ध र विभिन्न रेकर्ड कायम गरेका थुप्रै आरोहिहरुको देश नेपाल हो। पर्वतीय पर्यटनलाई ब्यबस्थित गर्ने , हिमालि भेगका संस्कृतिहरु को संबर्धन मा टेवा पुर्याउने, आरोहीहरु तथा पर्वतीय पर्यटनमा लागेका जनशक्तिको अभिलेख राख्ने तथा आबस्यक पक्षपोषण गर्नेकाम नेपाल पर्वतारोहण संघले गर्दै आएको छ।
नेपालका विभिन्न २७ वटा हिम चुचुराहरु को आरोहण अनुमति पत्र जारिगर्ने अधिकार समेत नेपाल पर्वतारोहण संघलाई छ।

नेपाल पर्वतारोहण संघको मातहतमा पोखरा को रातोपैर्होमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय रहेको छ, जुन पोखराको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा स्थापित भैसकेको छ।
यही अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय परिशरमा आज बिहान ४७औं स्थापना दिवस मनाइएको थियो।
कार्यक्रममा नेपाल पर्वतारोहण संघको झन्डोत्तोलन, पर्वतारोहण संघ तथा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने ३ जना हस्तीहरु स्व. कुमार खड्क बिक्रम शाह, दावा नोर्बु शेर्पा तथा स्व. डा. हर्क गुरुङको शालिक मा माल्यार्पण तथा समीको बिरुवा रोपेर मनाइएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्वतारोहण संघका महासचिव तथा भर्खरै बिश्व पर्वतारोहण महासंघको ब्यबस्थापन समिति सदस्यमा चारबर्षे कार्यकाल का लागि निर्वाचित श्री कुल बहादुर गुरुङले आफुलाई यो स्थान सम्म पुर्याउन सहयोग गर्ने र शुभेच्छा प्रकट गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै यो अबसरलाई नेपाल को पर्वतीय पर्यटनको क्षेत्रको बिकास गर्न तथा अन्तर्राष्ट्रिय प्लेटफर्ममा नेपालका कुराहरु राख्नको लागि महत्त्वपूर्ण हुने बताउनुभयो।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका कर्मचारीहरु लाई उच्च मनोबल सहित कामगर्न र केहि समस्याहरु रहेतापनी अधिकांश समस्याको संबोधन दशैं र तिहारको बीचमा भैसक्ने बताउनुभयो।
पोखराका पर्यटन सम्बद्घ संस्थाहरुको छाता संगठन पोखरा पर्यटन परिषदका अध्यक्ष श्री चिरञ्जीवी पोखरेलले पर्वतीय पर्यटन को महत्त्वमाथि प्रकाश पार्नुहुदैं ४७औ स्थापना दिवसको शुभकामना दिनुभएको थियो।

सोही अवसरमा गुरुङ पर्यटन ब्यबसायी संघका केन्द्रिय कोषाध्यक्ष श्री बिन्दुमाया गुरुङ, संजिबनी दिदीबहिनी केन्द्रका अध्यक्ष श्री बिना गुरुङ तथा सचिव श्री कौशिला गुरुङलाई पुष्पगुच्छा दिएर कार्यकाल सफलताको शुभकामना दिइएको थियो।
अन्तर्राष्ट्रिय पर्वतिय संग्रहालय समिति सदस्य श्री हरि लामिछानेको सभापतित्वमा भएको कार्यक्रमको संचालन संग्रहालयकि प्रशासन/लेखा सहायक भावना शर्माले गर्नुभएको थियो भने स्वागत मन्तव्य नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले गर्नुभएको थियो। आजै काठमाडौंमा पनि पर्यटन मन्त्री माननीय योगेश कुमार भट्टराईको प्रमुख आतिथ्यमा एक भर्चुअल कार्यक्रम गरि नेपाल पर्वतारोहण संघको ४७औं स्थापना दिवस मनाइनेकुरा महासचिव श्री कुल बहादुर गुरुङले बताउनुभयो।