प्राबिधिक टोलीद्धारा मर्दि हिमाल आरोहण रुटको एक्सप्लोर गरिने

-


     मर्दी न्युज    
     कार्तिक १६ गते २०७७ मा प्रकाशित


फाइल तस्बिरः मनशान्त घिमिरे

इन्टरनेशनल फेडेरेशन अफ माउण्टेन गाइड एसोसिएसन र नेपाल नेशनल माउण्टेन गाइड एसोसिएसनका प्राबिधिकहरुले ५५८७ मिटर उचाईमा रहेको मर्दि हिमाल आरोहणका लागि दक्षिण पश्चिम मोहडा बाट सजिलो, सुरक्षित बाटो पत्ता लगाउने र आरोहणका लागि आबश्यक पर्ने प्राबिधिक कार्यहरु गर्ने भएको छन् ।

इन्टरनेशनल फेडेरेशन अफ माउण्टेन गाइड एसोसिएसनका सदस्य प्रेम गुरुङको नेतृत्वमा अनुप गुरुङ, अबिरल राई साथै नेपाल नेशनल माउण्टेन गाइड एसोसिएसनका आशिष गुरुङ, मनराज गुरुङ त्यसैगरि नोल्सका प्रशिक्षक जगन तिमिल्सिना र सरदार पासाङ रिन्जि शेर्पाको टोलीले दुइ हप्ता लगाएर गर्ने कार्यका लागि उक्त क्षेत्रमा आबश्यक बन्दोबस्तीका सामाग्री सहित भोली पोखराबाट प्रस्थान गर्दैछ ।

साहासिक पर्यटनमा रुचि राख्ने तथा आरोहण मन मराउने विशेष गरि स्वदेशी तथा बिदेशि पर्यटकको संख्यामा बृद्धि गर्न र यस क्षेत्रको पर्वतीय पर्यटनमा नयाँ आयाम थप्न लागिएको प्राबिधिक टोलीका टोली प्रमुख प्रेम गुरुङले बताए ।

नेपाल सरकारको पछिल्लो निर्णय अनुसार ५ हजार ८ सय मिटर भन्दा तलका चुलीहरुको आरोहणका लागि कुनै अनुमतिपत्र नपर्ने निर्णय भए बमोजिम यस चुलीको आरोहणका लागी आरोहीहरु थप उत्साही भएपनि छोटो र कम खर्चिलो आरोहण रुटको एक्सप्लोर नभएर झनै ओझेलमा परेको थियो । पर्वतारोहण भन्ने बित्तिकै सुरक्षित रुपमा गरिने साहासिक गतिबिधि भन्ने बुझिन्छ । प्राबिधिक रुपले गरिने रुटको एक्सप्लोर कार्यले पूर्णरुपमा सुरक्षाको प्रत्याभुति दिन्छ ।

यस प्राबिधिक कार्यका लागि नेपाल पर्वतारोहण संघमा आर्थिक सहयोगका लागि पत्राचार गरिएको टोलीका सदस्य मनराज गुरुङले जानकारी दिनुभयो ।

प्राबिधिक टोलीका सदस्यहरु

हिमाल आरोहण भन्ने बित्तिकै बिदेशी पर्यटक तथा अति टाढाको गन्तब्य भनेर दिमागमा झट्ट आउने परिप्रेक्ष्यमा स्वदेशि पर्यटकका लागि र शहरको नजिकैको स्थानमा गर्न लागिएको यस किसिको कार्यले यस क्षेत्रको पर्वतीय पर्यटनमा कोशेढुङ्गा साबित हुने बिश्वास गर्न सकिन्छ ।