
दार्चुला, १६ कात्तिक । लेकम गाउँपालिका-४ टक्ना बस्ने ४८ वर्षीय तेजबहादुर पालको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रमेश पाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
रमेशले लाठीले प्रहार गर्दा तेज बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रिठाचौपाता र ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

