
पोखरा, १७ कात्तिक । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार जारी विज्ञप्ति अनुसार गण्डकी प्रदेशमा कास्कीका ६० जना नयाँ संक्रमित सँगै प्रदेशमा ९९ जना संक्रमित थपिएका छन् ।
आज संक्रमण थपिनेमा नवलपरासी पूर्वका १, गोरखाका ३३, लमजुङका २, तनहुँका १, स्याङ्जाका १, वाग्लुङका १ र कास्कीका ६० जना गरी ९९ रहेको प्रदेश निर्देशनालयले जनाएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ हजार ८ सय ३९ पुगेको छ ।