आज २९३३ जनामा कोरोना संक्रमण, ३१५० संक्रमण मुक्त

-


     मर्दी न्युज    
     कार्तिक १७ गते २०७७ मा प्रकाशित


पोखरा, १७ कार्तिक । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार नेपालमा कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । सोमवारसम्म आइसोलेसनमा ३७ हजार ५ सय २४ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या ३७ हजार ५ सय २४ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४ सय ६ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १४ लाख ६९ हजार ८ सय १२ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी सोमवारसम्म क्वारेन्टाइनमा २ हजार १ सय १९ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा ३ हजार १ सय ५० जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९९ रहेको प्रवक्ता डा. गौतमले बताए ।