टान पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराको अध्यक्षमा पौडेल र सचिबमा तिवारी सर्वसम्मत, बाँकी पदका लागि निर्वाचन हुँदै

-


     मर्दी न्युज    
     कार्तिक १८ गते २०७७ मा प्रकाशित


पदयात्रा ब्यबसायीहरुको संस्था ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराको १६ औं साधारण सभाबाट आगामी २ बर्षका लागि अध्यक्षमा शुशिल पौडेल र सचिबमा मिलन तिवारी सर्वसम्मत चुनिएका छन् भने बाँकी पदका लागी भोली बुधबार निर्वाचन हुँदैछ ।

अध्यक्ष पौडेल वेलकम नेपाल ट्रेक्स एण्ड एक्पिडिसन प्रा.लि.का निर्देशक तथा बर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष रहेका थिए भने सचिब तिवारी फोर ब्रोदर्स एडभेन्चर ट्राभल प्रा.लि.का निर्देशक तथा बर्तमान कार्यसमितिका सचिब पदका प्रतिस्पर्धी उमेदबार थिए ।

प्रजातान्त्रिक पद्धतिको अभ्यास बमोजिम निर्वाचनमा होमिनेमा प्रथम उपाध्यक्ष पदमा जीवनराज सापकोटा र धर्मराज पन्थी छन् । सापकोटा बर्तमान कार्यसमितिको सचिबमा र पन्थी द्धितिय उपाध्यक्षमा रहेका थिए ।

द्धितिय उपाध्यक्ष पदका लागी बर्तमान कार्यसमितिका कोषाध्यक्ष कृष्ण आचार्य, सहसचिब उदय सुबेदी र साधारण सदस्य दिबस लामिछानेको प्रतिस्पर्धा हुँदैैछ । त्यसैगरि सहसचिबमा बर्तमान कार्यसमितिका सदस्यहरु बिश्वहाङ राई र रेशम अधिकारीको प्रतिस्पर्धा हुने भएको छ ।

कोषाध्यक्ष पदमा साधारण सदस्यद्धय किसम कुमारी गुरुङ र ढाकाराम अधिकारीको प्रतिस्पर्धा हुने भएको छ ।

कुल ६ सदस्यका लागि भने ११ जनाको प्रतिस्पर्धा हुँदैछ। जसमा बर्तमान कार्यसमितिका सदस्यहरु कालिबहादुर नेवाङ, विकाश गुरुङ चन्द्र बहादुर भुुजेल र अनिल थापा लगाएत साधारण सदस्यहरु अमृत प्रसाद तिवारी, लक्ष्मी कोईराला, गोपाल सङग्रौला, मोहन सुबेदी, जुना अधिकारी, नवराज श्रेष्ठ र दीपक सापकोटा छन् ।