अमेरिकाको राष्ट्रपति चुनाव आज

-


     मर्दी न्युज    
     कार्तिक १८ गते २०७७ मा प्रकाशित


पोखरा । बहुप्रतिक्षारत तथा विश्वले ध्यान खिचेको र आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने अमेरिकी राष्ट्रपति पदका लागी आज राती निर्वाचन हुँदैछ ।

वर्तमान राष्ट्रपति एवम् रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति एवम् डेमोक्र्याट उम्मेदवार जो वाइडन बिच चुनावमा कडा प्रतिस्पर्धा हुने बिश्लेषकहरुले अनुमान गरेका छन् ।

कोरोना महामारीका कारणले संक्रमितको संख्या तथा उच्च मानवीय क्षति व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो चुनाव पहिलाका चुनाबहरु भन्दा महत्वपूर्ण भएको अनुमान गरिन्छ ।

३२ करोड नागरिक रहेको अमेरिकामा मतदान गर्न १८ वर्ष पुरा भएको हुनुपर्दछ । दुइ तिहाईको हाराहारीमा रहेको वालिग मताधिकारको संख्या २४ करोड रहेको छ । इमेल तथा हुलाकमार्फत् मतदान गर्न पाउने व्यवस्था (अर्ली भोटिङ्ग) भएकोले निर्वाचनको मितिभन्दा एक साता अगाडिबाटै नौ करोड ३० लाख नागरिकले मतदान गरिसकेको तथ्यांक समेत सार्वजनिक भई सकेको छ ।

यस निर्वाचनमा करिब १५ करोड मतदाताले मतदान गर्ने अनुमान गरिएको छ जुन कूल मतदाता संख्याको ६२ प्रतिशत हो ।