
पोखरा । प्रतिष्ठित उद्योगपति, ब्यबसायिक व्यक्तित्व तथा माननिय सांसद सुर्य बहादुर केसीको गएराती १०ः३० बजे आफ्नै निबासमा दुःखद निधन भएको छ ।
उच्च रक्तचाप र मधुमेहबाट ग्रसित उनी केहि समयदेखि अस्वस्थ थिए । मधुमेह एक्कासी घट्दा निधन भएको हुनसक्ने परिवारको अनुमान छ ।
लामो समय राप्रपाको राजनीति गरेका केसी गत निर्वाचनमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनी नेपाली कांग्रेसबाटै प्रतिनिधि सभामा समानुपातिक सांसद बनेका हुन् । उनी पोखरा उपमहानगरपालिकाका तत्कालिन प्रधानपञ्चपनि हुन् ।
हिमश्री फुड्स प्रालिद्वारा उत्पादित रारा तयारी चाउचाउसहित एक दर्जन बढी हाईड्रोलगायतमा उनको लगानी रहेको छ ।
उनको आजै सेती नदीमा अन्त्येष्टी गर्ने तयारी भइरहेको पारिवारिक श्रोतले जनाएको छ ।