पोखरामा कोरोनाबाट थप १ जनाको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक १८ गते २०७७ मा प्रकाशित


पोखरा । कोरोना संक्रमणबाट पोखरा महानगरपालिका वडा नं ५ की ५९ बर्षिय महिलाको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको कोभिड १९ उपचार केन्द्रको आइसियूमा उपचार हुदै गर्दा गएराती ११ बजेको समयमा उनको मृत्यु भएको अस्पतालका निर्देशक अर्जुनप्रसाद आचार्यले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

मृतक महिलाको कोभिड संक्रमण सँगै निमोनिया रा मुटुको भल्ब फेरिएको समेत बिज्ञप्तीमा उल्लेख छ । यस सँगै कोरोना बाट यस अस्पतालमा मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

महिलाको मृत्यु सँगै गण्डकी प्रदेशमा मृतकको संख्या ८१ पुगेको छ ।