
पछिल्लो २४ घण्टामा प्रदेशमा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । यस सँगै प्रदेशमा मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।
आज मृत्युहुनेहरुमा कास्की पोखरा महानगरपालिका वडा नं ५ का ५९ वर्षिया महिला, वडा नं १३ का ५५ वर्षका, वडा नं ६ का ७२ वर्षका, वडा नं ३ का ५२ वर्षका पुरुष रहेका छन् । त्यसैगरि बाग्लुङ बाग्लुङ नगरपालिका वडा नं ३ का ६६ तथा ६१ वर्षका पूरुष र नवलपरासी (व.सु.पू.) देबचुली नगरपालिका वडा नं ११ का ८० बर्षिया पूरुष का साथै तनहँु ब्यास नगरपालिका वडा नं ५ का ६६ बर्षका पूरुष रहेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

