जापानमा कोरोनाबाट मृत्यु हुने संख्या १८०० नाघ्यो

-


     मर्दी न्युज    
     कार्तिक १८ गते २०७७ मा प्रकाशित


सन थापा, जापान, नोभेम्बर ३ । जापानमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या सहित १ हजार ८ सय आठजना पुगेको छ । मृत्यु हुनेमध्ये १३ जना योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु हुन् । मंगलबार होक्काईदोमा दुई, ओसाका, साईतामा, फुकुयामा, ह्योगो र गुन्मा प्रान्तमा एक(एक गरी सात जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

त्यसैगरी ८ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानभित्र संक्रमित १ लाख ३ हजार ४ सय १४ जना र योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना गरी कोरोना संक्रमितको संख्या १ लाख ४ हजार १ सय २५ जना पुगेको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित जापानमा ९४ हजार ५ सय १४ जना कोरोना संक्रमित निको भएका छन् ।

एनएचकेका अनुसार संक्रमितमध्ये ६ हजार ४ सय ६९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने १ सय ६३ जनाको अवस्था गम्भीर रहेको छ ।

बढी संक्रमित ११ प्रान्तहरू

राजधानी टोकियोमा संक्रमित संख्या ३१ हजार ५ सय दुई, ओसाकामा १३ हजार १ सय छ,खानागावामा ८ हजार ८ सय ६७, आईचीमा ६ हजार ३ सय १६, साईतामामा ५ हजार ९ सय ४२, फुकुओकामा ५ हजार २ सय ३८ जना पुगेको छ ।

त्यसैगरी चिबामा ५ हजार १ सय चार, ओकिनावामा ३ हजार ३ सय ९२, होक्काईदोमा ३ हजार ३ सय ७२, ह्योगोमा ३ हजार ३ सय २७ र क्योतोमा २ हजार ८१ जना पुगेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा २ सय नौ जना र १६ प्रान्तमा संक्रमण दर शून्य रह्यो ।