
एजेन्सी । अमेरिकामा राष्ट्रपति चुन्नका लागि मंगलबार मतदान सम्पन्न भएको छ।
बीबीसीकाअनुसार कतिपय ठाउँका नतिजा आउनसमेत सुरू भइसकेको छ। निर्वाचन परिणाम कसको पक्षमा जाने हो भन्ने व्यग्रताका साथ अमेरिका जनता मत परिणामको पर्खाईमा छन् ।
आगामी ४ वर्ष अमेरिकाको राष्ट्रपति बन्न रिपब्लिकन पार्टीका तर्फबाट ७४ वर्षीय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र ७८ वर्षीय डेमोक्र्याट्रिक प्रतिस्पर्धी जो बाइडेन चुनावी प्रतिस्पर्धामा छन् । उनीहरुबीच कडा टक्कर पर्ने अनुमान गरिएको छ।
अमेरिकामा कुल ५३८ वटा इलेक्ट्रोरल कलेज मतमध्ये जुन उम्मेदवारले २७० भन्दा बढी मत प्राप्त गर्न सक्छ उसैलाई विजयी भएको मानिन्छ ।