
कोरोना भाइरसको संक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु भएको छ । सुनसरी इटहरी–६, की बालिकाको बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ९ वर्षीया बालिकामा दुई दिनअघि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार अस्पतालमा भर्ना गरेर उनलाई उपचार सुरु गरिए पनि बचाउन नसकिएको प्रतिठानले जनाएको छ । आज बिहान ३ः२५ बजे बालिकाको मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।
यसअघि ती बालिकामा कुनै स्वास्थ्य समस्या नभएको परिवारले जनाएको छ ।

