राससकर्मी जमुनावर्षा शर्मा सम्मानित

-


     मर्दी न्युज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित


पोखरा, १९ कात्तिक । ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलको १६औं अधिवेशनको अवसरमा राससकर्मी जमुनावर्षा शर्मालाई सम्मान गरेको छ । गण्डकी प्रदेशका उद्योग वन पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालबाट राससकर्मी शर्मा ‘उत्कृष्ट पर्यटन पत्रकारिता २०७७’ बाट प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गरिएको हो।

२०५५ सालमा साहित्यिक मासिक पत्रिकामार्फत आफ्नो पत्रकारिता यात्रा सुरुवात गरेकी शर्माले थुप्रै संघसस्थाबाट सम्मानित भइसकेकी छिन् ।

साहित्यिक पत्रिका धवलप्रभात मासिकबाट मुलधारको पत्रकारीतामा प्रवेश गरेकी शर्मा माछापुच्छ्रे एफएम, पोखरापत्र दैनिक हुँदै पोखरा एक्सप्रेसको प्रधानसम्पादक, नेपालको पहिलो महिला केन्द्रित अनलाइन महिला खबर डट कम पश्चिमाञ्चलका सम्वाददाता, देश सञ्चार मल्टिमिडिया अनलाईन गण्डकी प्रदेशका सम्वाददाता भइ कार्याअनुभव सँगाल्दै हाल रेडियो जननीमा मानव अधिकार र पर्यटन सम्बन्धि कार्यक्रम सञ्चालन गर्छिन् भने २०७५ सालदेखि राष्ट्रिय समाचार समिति (रासस)मा सम्वाददाताको रुपमा निरन्तरत क्रियाशिल छिन् ।