
एजेन्सी । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतगणना एक्कासी रोकिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनाको क्रममा धाँधली भएको भन्दै मतगणना रोक्न आदेश दिएपछि मतगणना रोकिएको हो । यसले गर्दा अन्तिम नतिजा आउन विलम्ब भएको छ । सत्तारूढ रिपब्लिकन दलकै केही कानूनविद्हरूले राष्ट्रपतिको आदेश गैरजिम्मेवार, गलत र आपत्तिजनक भएको बताएका छन् । मतगणनाको पछिल्लो स्थितिमा राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी डेमोक्रयाटिक पार्टीका उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो अवस्थामा बाइडनको पक्षमा २२४ र राष्ट्रपति ट्रम्मको पक्षमा २१३ निर्वाचक मत प्राप्त भइसकेको छ । कुल ५ सय ३८ निर्वाचक मत मध्ये निर्वाचन जित्न २ सय ७० मत ल्याउनु पर्ने प्रावधान छ । अमेरिकी कांग्रेसको माथिल्लो सदन सिनेटमा सत्तारूढ रिपब्लिकन दलको ४७ स्थान र विपक्षी डेमोक्रयाटिक दलको ४६ स्थान भएको छ । बाँकी ७ स्थानको नतिजा आउन बाँकी छ । यसैगरी तल्लो सदन प्रतिनिधि सभाका ४३५ स्थानमध्ये डेमोक्रयाटिक दलले १७५ र रिपब्लिकन दलले १५८ स्थान जितेका छन् । बाँकी स्थानको नतिजा आउन बाँकी छ ।